धनकुटामा अनिश्चितकालिन कर्फ्यू
धनकुटा ।
सरकारले प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरलाई बनाएपछि थप आक्रोश बनेको धनकुटा तनावग्रस्त बनेको छ ।
स्थिति नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बिहान ११ः३० बजेदेखि कर्फ्यू आदेश जारी गरिएको बताए ।
कर्फ्यूपूर्वमा बिहीबारे हाट, पश्चिममा घुमाउने चौतारा, उत्तरमा देब्रेवास, लोकसेवा आयोगको कार्यालयसम्म, दक्षीणमा पातले खोलासम्म लगाइएको छ ।
स्थिति नियन्त्रणमा लिन सुनसरीबाट थप सुरक्षाकर्मी झिकाइएको जनाइएको छ ।
धनकुटालाई नै प्रदेश राजधानी बनाउन माग गरेका धनकुटेलीले बिहिबार बिहानैदेखि विभिन्न सरकारी कार्यलयमा तोडफोड गर्नुका साथै क्षेत्रीय प्रशासको कार्यालयमा आगजनी गरेका थिए ।
ठाउँठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप र ढुंगा हानाहान भएको छ ।
झडपका क्रममा एक दर्जन घाइते भएका छन् ।
सरकारले बुधबार विराटनगरलाई प्रदेश नम्बर १ को अस्थायी राजधानी तोकेको हो ।
लामो समयदेखि धनकुटामा बन्द, हड्ताल हुँदै आएको छ ।