अनिश्चितकालिन दाङ बन्द ,पुर्वपश्चिम राजमार्ग ठप्प
दाङ । दाङलाई प्रादेशिक राजधानी नतोकिएसम्म दाङमा अनिश्चितकालिन बन्दको घोषणा गरिएको छ । आजदेखि अनिश्चितकालिन दाङ बन्दको घोषणा गरिएको हो ।
दाङ प्रादेशिक राजधानी सरोकार समितिको नेतृत्वमा जिल्लाका सम्पुर्ण राजनीतिक दलहरु, उद्योग वाणिज्य संघ, नागरिक समाज र विभिन्न सामाजिक संघसंस्थाहरुको समन्वयमा दाङका सम्पूर्ण गतिविधिहरु आज बिहानैदेखि बन्द भएका छन् ।
दाङको घोराही, भालुबाङ, लमही, नारायणपुर, विजौरी र तुलसीपुरमा स्थानीय उद्योग बाणिज्य संघको समन्वयमा आजदेखि अनिश्चितकालिन बन्दको घोषणा गरिएको समितिका संयोजक नारायणप्रसाद भुषालले जानकारी दिनुभयो ।
जिल्लाका कलकारखाना, विद्यालय, यातायातलगाएतका सम्पुर्ण गतिविधिहरु बन्द गरिएको उहाँले जानकारी दिनुभयो । पुर्वपश्चिम राजमार्ग अन्र्तगत दाङ खण्ड पुरै ठप्प भएको छ ।