ओलीले उपचारको नाममा ढुकुटीबाट १७ करोड ६६ लाख लिएको खुलासा ! - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

ओलीले उपचारको नाममा ढुकुटीबाट १७ करोड ६६ लाख लिएको खुलासा !



काठमाडौँ ।सर्वसाधारण नागरिक झाडा पखाला र ज्वरोको उपचार नपाएर मृत्युको सिकार भइरहेका छन् । केही दिनेदेखि जाजारकोट र जुम्लामा फैलिएको भाइरल ज्वरोका कारण १५ जना भन्दा बढीको ज्यान गइसकेको छ ।

जाजारकोटको जुनीचाँदी गाउँपालिकामा ८ दिने नाबालाकसहित ९ जनाको मृत्यु भइसकेको छ भने ३ सय जना बिरामी छन् । त्यस्तै जुम्लामा ६ जनाको मृत्यु भइसकेको छ भने दर्जनौं बिरामी छन् ।

नागरिकहरू सामान्य रोगको उपचार नपाएर ज्यान गुमाउनु पर्ने हाम्रो देशमा नेताहरूले भने करोडौं उपचार खर्च लिएर विदेश भ्रमण गर्दै आएका छन् ।

नागरिकले झाडा पखालाको उपचार नपाइरहेको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने उपचारको लागि बैंकक जाँदै छन् ।
अध्यक्ष ओलीले उपचारको नाममा अहिलेसम्म १७ करोड भन्दा बढी रकम लिइसकेको खुलासा भएको छ ।

विभिन्‍न मितिमा गरी ओलीले उपचारको नाममा १७ करोड ६६ लाख रुपैयाँ राज्यको ढुकुटीबाट लिइसकेका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार २०५४ असार १५ गते २० लाख २५ हजार, २०५९ माघ २७ गते १३ लाख ५८ हजार ५ सय, २०६४ साउन ६ गते २७ लाख १२ हजार १००, २०६८ भदौ १३ गते ३५ लाख ७३ हजार, २०७१ कात्तिक १७ गते ९ करोड २२ लाख १३ हजार, २०७१ चैत ५ गते ३७ लाख ७३ हजार रुपैयाँ ओलीले लिएका छन् ।

त्यसै गरी २०७२ कात्तिक ९ गते २ करोड १२ लाख ३ सय र २०७२ कागुन ३ गते ४ करोड ९८ लाख १३ हजार २ रुपैयाँ गरी जम्मा १७ करोड ६६ लाख सतसठ्ठी हजार चार सय २ रुपैयाँ राज्यको ढुकुटीबाट उपचार खर्च लिएका छन् ।

तर, जाजारकोट र जुम्लामा रोगले महामारीको रूप लिँदा समेत सरकारले ठोस पहल गरेको छैन । जनप्रतिनिधिहरूले पनि फेसबुकमा समवेदना लेख्नेबाहेक केही गर्न सकेका छैनन् । यो पटकको भ्रमणमा कति लिने हुन् विवरण आउन बाँकी छ ।

मिडिया डवलीको सहयोगमा