कलाकार तथा समाजसेवी सितारामले भने 'एक रुपैयाँ हिनामिना गरेको प्रमाणित भए झुण्डिन तयार छु' (भिडियो - सहित) - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

कलाकार तथा समाजसेवी सितारामले भने ‘एक रुपैयाँ हिनामिना गरेको प्रमाणित भए झुण्डिन तयार छु’ (भिडियो – सहित)



काठमाडौं ।।  कलाकार तथा समाजसेवी सिताराम कट्टेलले समाजसेवाका लागि अहिलेसम्म उठेको रकम हिनामिना नभएको स्पष्ट पारेका छन् । टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै कट्टेलले पैसाको काम गर्ने सिलसिलामा अनियमितताको आशंका हुनु स्वभाविक भए पनि धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग आएको पैसा पारदर्शी ढंगले परिचालन भइरहेको बताएका हुन् ।
समाजसेवाका लागि उठाइएको रकमबाट एक रुपैयाँ मात्रै हिनामिना भएको प्रमाणित भए पनि आफू मर्न तयार रहेको धुर्मुसले बताए ।
“एक रुपैयाँ मात्रै पनि मैले खाएको रहेछु भने म मरे सरह हो ।” उनले भने ।

हालसम्म देश–विदेशमा रहेका नेपालीबाट १७ करोड रुपैयाँ संकलन भएको र त्यो पैसा वस्ति निर्माणमा प्रयोग गरिएको उनले बताएका छन् ।
पछिल्लो समय फाउन्डेसनले विश्वले चिन्ने गरी नमुना नेपाल निर्माण गर्ने अभियानमा लागेका छन् ।

ड्रिम प्रोजेक्ट’ नमुना नेपाल बनाउन धुर्मुस–सुन्तलीले दक्षिणी ललितपुरको लेलेमा जग्गा पाएको छ । विभिन्न जिल्लाका २२ ठाउँको अवलोकनपश्चात नमुना नेपाल ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. ५ को लेले स्थित खावा डाँडामा जग्गा फेला परेको सीताराम कट्टेल ‘धुर्मुस’ले जानकारी दिए ।