राज्यकोषबाट जथाभावी नगद वितरण किन ? - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

राज्यकोषबाट जथाभावी नगद वितरण किन ?



कोही चेक लिएर बाहिररहेका छन् त कोही फाईल पल्टाएर आफ्नो नामसुची खोजिरहेका छन् ।
यत्तिकैमा टेलिफोनको घन्टि बज्छ ।

कर्मचारिले सिरियल नम्बर माग्छिन् । सिरियल नम्बर नभएपछि निर्णय मिति सोध्छिन् । त्यो मितिको त यहाँ आईपुगेको छैन, उतै बुझ्नुस, यति भनेर उनले फोन राखिन ।
उतै भन्नाले उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयतर्फ इंगित गरेकी थिईन् ।

आफ्नो हात जगन्नाथ 

सत्तामा भएकाहरुले कसरी पहुँचका आधारमा आर्थिक सहायता हत्याउँछन् भन्ने केलाउन केही उदाहरण हेरौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि ५ भदौ, २ असोज ६ कात्तिक र २५ मंसिरमा भएको निर्णय प्राप्त भए अनुसार ती निर्णय केलाउँदा के देखिन्छ भने आर्थिक सहयोग पाउने २ सय ७ जना प्रधानमन्त्री देउवाको गृह जिल्ला डडेलधुराका छन् ।, आज प्रकाशाति नेपाल राष्ट्रिय साप्ताहिकमा यो खबर छ ।