प्रचण्ड-देउवा गोप्य छलफल, के भयो कुरा ?
काठमाडौं ।
बालुवाटारमा बसेको पाँच दलको सर्वदलिय बैठकलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकबाट अन्य नेताहरु निस्किएपछि प्रचण्ड र देउवाबीच गोप्य छलफल भएको हो ।
‘छलफलका क्रममा प्रचण्डले देउवालाई सबै दलहरु मिलेर सहमतिमै अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ’ स्रोतले खबरडबलीसँग भन्यो । त्यस्तै देउवाले भने आफुहरुसँग सहकार्य गरेर प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् । तर प्रचण्डले पार्टी एकताको बहस चलिरहेको बेलामा आफुलाई प्रधानमन्त्री पदको लोभ नभएको बताएको बालुवाटार स्रोतले जानकारी दियो ।
यसअघिको भेटमा पनि देउवाले प्रचण्डलाई पाँच बर्षका लागि प्रस्ताव गरेका थिए ।
गोप्य छलफल सकिएलगत्तै मधेशवादी दलका नेताहरुसँग पनि प्रचण्ड र देउवाले छलफल गरेको स्रोतले जानकारी पाईएको छ ।