करेन्ट लागेर मजदुरको मृत्यु - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

करेन्ट लागेर मजदुरको मृत्यु



सैनामैना । घरको छत ढलाइको काम गर्ने क्रममा करेन्ट लागेर रुपन्देहीको सैनामैना १० झिमझिमिया निवासी ३५ बर्षिय भिक्खु थारुको ज्यान गएको छ ।

बुधबार बिहान ९ बजे झिमझिमिया चोकमा घरको छतमा रहेको फलामको छडलाई मोड्ने क्रममा बिधुतको तारमा छोइदा भिक्खु गंभिर घाइते भएका हुन् ।
भिक्खुको उपचारको क्रममा लुम्बनी अञ्चल अस्पताल बुटवल ज्यान गएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । काम गर्ने क्रममा उनीसगै रहेका अरु ३ जना घाइते भउको र उनीहरुको अवस्था भने सामान्य रहेको छ ।

भिक्खु थारुको श्रीमती कमला थारु पनि मजदुरी गर्दथिन् । परीवारमा खान खर्च भित्राउने हात हराएपछी अवस्था चिन्ताजनक बनेको छ । निम्न आर्थिक स्तर भएको यस परीवारमा भर्खर बिद्यालय जान सुरु गरेका २ छोरा र १ छोरी रहेका छन् ।

श्रीमानको निधन पछि छोराछोरीको लालन पालनमै समस्या हुने अवस्था आएको हो भने उनिहरुको भबिष्य निर्माणका लागि समुदायले सहयोग गर्नुपर्ने स्थीती रहेको छ ।