कैलालीको धनगढीमा नक्कली सरकारि कागज बनाएर ठगी गर्ने एक पक्राउ - Himal Post Himal Post
  • २० कार्तिक २०८१, मंगलवार
  •      Tue Nov 5 2024
Logo

कैलालीको धनगढीमा नक्कली सरकारि कागज बनाएर ठगी गर्ने एक पक्राउ



कैलाली ।। कैलालीको धनगढीमा नक्कली सरकारी कागजपत्र बनाएर ठगी गर्दै आएका एक ब्यक्ति सोमबार पक्राउ परेका छ्न ।धनगढी उपमहानगरपालिका वडा नम्बर १२ ‘डी’ गाउँ का धर्मेन्द्र सिंहले नक्कली सरकारी कागजपत्र बनाएर सेवाग्राहीहरूलाई ठगी गरिरहेको पाइएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सोमबार सोही गाउँका एक सेवाग्राहीले धनगढी उपमहानगरपालिकामा घर नक्सामा छाप लगाउन आउँदा ठगीबारे खुलासा भएको थियो । धर्मेन्द्रले सेवाग्राहीको घर नक्सा , छाप , प्रमाणपत्रहरु आफै बनाइ पास गरेको खुलेेको छ।  सोमबार वडा नं  १२ का नारायण ठगुन्ना, मदनराज जोशी र नन्दसिंह ढाटले संयुक्त रुपमा सिंहलेे ठगी गरेको भन्दै उपमहानगरपालिकामा निवेदन दर्ता गराएका थिए ।
घर नक्सा किताव र प्रमाणित पत्रमा फरक–फरक हस्ताक्षर रहेको पाएपछि उनीहरूले उपमहानगरपालिकामा निवेदन दर्ता गराएका थिए ।
धर्मेन्द्रले तयार गरेको घर नक्सा किताब र पास भएको प्रमाणित पत्रमा धनगढी उपमहानगरपालिकाका कार्यकारी अधिकृत, ईन्जिनियर, अमिन लगायत सम्बन्धित कर्मचारीहरूको नक्कली हस्ताक्षर रहेको थियो ।
ती कागजपत्र, लोगो सहितको छाप, कार्यालयका अमिन तथा ईन्जिनियरको छाप पनि नक्कली भएको धनगढी उपमहानगरपालिकाका ईन्जिनियर द्विजराज भट्टले बताए । धर्मेन्द्रले तयार गरेको नक्सा किताबमा डेल्टा ईन्जिनियरिङ कन्सलटेन्सी, धनगढीको लोगो सहितको छाप रहेको छ ।
उपमहानगरपालिकामा निवेदन दर्ता गराएका मदनराजले आफुले धमेन्द्रलाई घरनक्सा तयार गर्न तथा पास गराउन १८ हजार रुपैयाँ दिएको बताए । त्यस्तै नारायण ठगुन्नाले पनि  ३५ हजार दिएको बताए ।  आफु उनको छिमेकी भएकोले घरनक्सा बनाउनेदेखि कागजपत्र बनाउनसम्म सबै जिम्मा धर्मेन्द्रलाई नै दिएको मदनराजले बताए । अरुको घरनक्सासम्बन्धी कागजपत्रमा रहेको अधिकारीहरूको हस्ताक्षर फरक रहेको पाएपछि शंका लागेर उपमहानगरपालिका कार्यालयमा निवेदन दिएको जोशीले बताए ।

धनगढी उपमहानगरपालिकाले धर्मेन्द्रले ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जानकारी दिए लगत्तै प्रहरीले सोमबार बेलुका क्याम्पस रोडबाट पक्राउ गरेको छ। फाइल तस्बिर ;-