"नागरिक दैनिकले" भ्रामक समाचार हालेको भन्दै जापानमा रहेका संघ सस्थाहरुको आपत्ति - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

"नागरिक दैनिकले" भ्रामक समाचार हालेको भन्दै जापानमा रहेका संघ सस्थाहरुको आपत्ति



दिपक पाण्डे/हिमाल पोष्ट, मंसिर २८ गते

केही समय अगाडी नागरिकमा प्रकाशित खबरलाई त्यहा बस्ने नेपाली र विभिन्न सामाजिक सङ्घ संस्थाले गलत भएको जानकारी दिएका छन् र यसै सँगै उनीहरू ले नेपाली पत्रकारिता माथि औला समेत उठाएका छन् |नेपाल जापान डटकम बाट प्रकाशित खबरलाई बढाइ चडाई गरी नागरिकले आइतबार, २६ मङि्सर २०७३, मा जापानका स्कूलहरुले नेपालीका निजी कागजपत्र खोसे भन्ने शीर्षको खबर झुट भएको उनीहरको तर्क छ शीर्षक मा भनिए जस्तो केही हद सम्म स्कुलहरूले खोसेपनी त्यस भित्र लेखिएको योन शोषण सम्बन्धी खबरमा कुनै सत्यता नभएको विगत दश वर्ष देखि बस्दै आएका र त्यहा जाने विभिन्न नेपाली हरुलाई आर्थिक सामजिक रूप मा सहयोग हरू गर्दै आयका Okinawa-Nepal Friendship Association ONFA का अध्यक्ष संजिव श्रेष्ठले हिमाल पोस्टलाई जानकारी दिनुभयो ।15494006_10154739245792246_1868714248_n

युवतीमाथि यौन शोषण
सो पत्रिकाले एक वर्ष लगाएर गरेको खोजले नेपाली युवतीमाथि यौन शोषण हुने गरेकाे अर्काे तथ्य बाहिर ल्याएकाे छ।
विद्यालय सञ्चालकहरुले नेपाली दलाल तथा कन्सल्टेन्सीको सुझावअनुसार अघि बढ्दा कानुनी फन्दामा पर्ने देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। जापानी भाषा कमजोर रहेका एवं थौरै पैसा भएकाहरु ओकिनावामा अझ पीडित छन्। नयाँ आएका नेपाली युवतीहरुलाई काम लगाए बापत पैसा माग्ने र पैसा नभएको थाहा पाए यौन सम्पर्कका लागि प्रस्ताव राख्ने गरेको खुलेको छ।नेपाली कन्सल्ट्यान्सी तथा दलालहरुले नै युवतीलाई फन्दामा पार्न थालेपछि त्यहाँबाट भाग्ने घटना बाक्लै हुन थलेका छन्। ‘सो क्षेत्रमा रहेका कम्पनी तथा काम दिलाउने कम्पनीहरूले समेत यौन शोषण गर्ने गरेका छन्। यो बाहेक नेपाली विद्यार्थीको हकमा जापान सरकारले निर्धारण गरेको २८ घन्टाभन्दा बढी काममा लगाउने, प्रतिघन्टाको पैसा पनि अन्यको तुलनामा थोरै दिने गरेका छन्’, सो पत्रिकाले भनेको छ।अाेकिनावा क्षेत्रमा रहेका नेपालीहरू तरकारी काट्ने, खेतीपाती, माछामासु काट्ने जस्ता सबैभन्दा तल्लो स्तरका काममा राेजगारीमा छन्। केही नेपाली युवती अवैध डान्सबार तथा रेष्टुराँमा समेत काम गर्दै आएका छन्।नेपाली विद्यार्थी युवतीमाथि भएको यौन शोषणको यो विषयलाई जापानका राष्ट्रिय सञ्चार माध्यमहरूले समेत महत्वका साथ उठान गरेका छन्।

नागरिकमा प्रकाशित गरिएकोयो समाचारले आफैलाई लज्जा बोध भएको संजिवले बताउनु भयो साथै आफूले यतिका वर्ष सम्म पनि यस्ता कुनै घटना थाहा नपाएको र त्यस्तो हुँदै नभएको खबर लाई यसरी प्रकाशित गर्दा त्यहाँ बस्ने नेपाली महिला दिदी बहिनीमा नराम्रो संदेश गएको र त्यहा सबै महिला दिदी बहिनी हरुको नियत माथि नै प्रश्न उठाइएको छ उहाले भन्नु भयो ।

के थियो त ? समाचार नागरिकमा 

http://www.nagariknews.com/news/10530