घोडाघोडी क्याम्पसमा सांस्कृतिक तथा स्वागत कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

घोडाघोडी क्याम्पसमा सांस्कृतिक तथा स्वागत कार्यक्रम सम्पन्न



विशाल पाण्डेय

सुखड,कैलाली ।।

संयुक्त बाम विद्यार्थी सङ्गठन घोडाघोडी बहुमुखी क्याम्पसको आयोजनमा सांस्कृतिक तथा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

अनेरास्ववियु घोडघोडी क्याम्पस कमिटी भरत सापकोटाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै सुदुरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले ” हाम्रो संस्कृती ओझेलमा पर्दै गएको छ ,यसको संरक्षणका लागि सबै लाग्नु पर्ने बताउनु भयो ।

जोशीले कला संस्कृतीको नाममा विभिन्न विकृति बढेकाले अब आ-आफ्नो ठाँउबाट आफ्नो कला संस्कृतिलाई जोगाउन महत्त्वपूर्ण भुमिका अपनाउन पर्ने बताउनु भयो । त्यस्तै धेरै लामो समय पछि बाम गठबन्धनलाइ जनताले बिश्वास गरेका छ्न ,बाचा गरेको कुरा पूरा गर्नुपर्छ , गठबन्धन भएर बहुमत आएको छ ,हाम्रो सपनाहरु कतिको साकार हुन्छ त्यो भने हेर्न बाकी छ जोशिले भन्नु भयो ।

कार्यक्रममा गायिका सपना शाही , हेमन्ता शर्मा तथा स्थानिय गायक भरत ताम्राकार लगायत विद्यार्थीहरुको पनि प्रस्तुती रहेको थियो । कार्यक्रममा शिक्षक ,अभिभावक , विद्यार्थी ,पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।