ह्‍िवलचेयर क्रिकेटरलाई जनही एक लाख दिने सरकारको निर्णय - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

ह्‍िवलचेयर क्रिकेटरलाई जनही एक लाख दिने सरकारको निर्णय



सरकारले त्रिदेशीय ह्‍िवलचेयर क्रिकेट शृंखलाको उपाधि जित्ने नेपाली टोलीका प्रत्येक सदस्यलाई जनही एक लाख रुपैयाँबाट पुरस्कृत गर्ने भएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

बिहीबारको मन्त्रिपरिषद्को बैठकले उपाधि विजेता टोलीका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले नगद पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो। सरकारको निर्णयबाट आफूहरु उत्साही भएको नेपाल ह्‍िवलचेयर क्रिकेट संघले जनाएको छ।

‘ह्‍िवलचेयरमा बसेर क्रिकेट खेल्नु नै साहसिक काम हो। त्यसमा पनि देशलाई उपाधि नै दिलाउनु त अझ प्रशंसाको विषय हो’, प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले भने, ‘उहाँहरुले देशलाई दिनु भएको खुसी र देखाउनु भएको साहसको प्रशंसा गर्दै थप हौसला बढाउन सरकारले जनही एक लाख रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको हो।’