सर्वोच्चमा पुग्यो राष्ट्रियसभा अध्यादेशको विवाद - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

सर्वोच्चमा पुग्यो राष्ट्रियसभा अध्यादेशको विवाद



काठमाडौ‌ं

राष्ट्रियसभा अध्यादेशको विवाद राजनीतिक दल, राष्ट्रपति र निर्वाचन आयोग हुँदै सर्वोच्च अदालत पुगेको छ।

राष्ट्रियसभा अध्यादेश जारी गर्नुपर्ने र नपर्ने दलहरुको विवादका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको अध्यादेश जारी हुनुपर्ने माग गर्र्दै रिट दर्ता भएपछि यो विषय अब सर्वोच्चमा प्रवेश भएको हो। राष्ट्रपति भण्डारीले दुई महिनादेखि रोकेको अध्यादेश तत्काल जारी गर्न माग गर्दै अधिवक्ता यज्ञमणि न्यौपानेले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन्।

न्यौपानेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रपति कार्यालय, निर्वाचन आयोग, नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रलाई विपक्षी बनाइएको छ। रिटको सुनुवाइ भोलिका लागि राखिएको छ।

देश अनिर्णयको बन्दीमा रहेको र सुविधा र सन्तुलनको दृष्टिकोणले तत्काल अन्तरिम आदेश जारी नभए संवैधानिक संकट उत्पन्न हुने दाबी रिटमा गरिएको छ।

‘राष्ट्रलाई अपूरणीय क्षति हुने भएकाले राष्ट्रियसभाको निर्वाचनका लागि पेश भएको राष्ट्रियसभाको निर्वाचन सम्बन्धी अध्यादेश तत्काल पास गरी पठाइदिनू’ भनी अन्तरिम आदेश जारी गर्न रिटमा माग गरिएको छ।