दाङमा रिसको झोकमा आफ्नै श्रीमान् को हातको औला काटि पोलेर खाएपछि - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

दाङमा रिसको झोकमा आफ्नै श्रीमान् को हातको औला काटि पोलेर खाएपछि



 दाङ ।। दाङमा रिसको झोकमा एक महिलाले आफ्नै श्रीमानको चार वटा औंला काटेर पोलेर खाएकि छिन ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ भम्के बस्ने ६४ वर्षिय रिदिनी महताराले बिहिबार बिहान श्रीमानको औंला काटेकी हुन् । ‘तरकारी काट्ने दाउले श्रीमानको चार वटा औंला काटेकी रहेछिन्, औंला पोलेर खाएको उनले बताएकी छिन्,’ दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंह चन्दले नेपाल लाइभसँग भनिन्,‘हामीले महिललाई पक्राउ गरेका छौं।’ घाइते उनका श्रीमानको कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सधैं मदिरा खाएर दुःख दिने गरेका कारण आफुले औंलो काटेको महिलाले प्रहरीसँग बताएकी छिन्। बुधबार बेलुका पनि मदिरा पिएर आएको र झगडा गरेको अनुसन्धानमा खुलेको छ।