सम्बन्ध सुधार्दै पारस शाह - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

सम्बन्ध सुधार्दै पारस शाह



झन्डै तीन  वर्षअघि नेपाल फर्किए पनि पूर्व युवराज पारस शाहले निर्मल निवासमा अझै औपचारिक प्रवेश पाएका छैनन्। यद्यपी, पछिल्ला दिनमा उनले पत्नी हिमानीसहित परिवारका सदस्यसँगको सम्बन्धमा भने सुधार गर्दै छन्। आफ्ना उद्दण्ड गतिविधि र अनियन्त्रित खानपिनमा पनि उनले नियन्त्रण गरेका छन्। यो खबर योगेश ढकालले आजको गज्जब साप्ताहिकमा लेखेका छन्।

२०७१ चैतमा बैंककबाटछ फर्किएपछि पारस बहिनी शीताष्मा (काका धिरेन्द्रकी छोरी) को घरमा बस्दै आएका छन्। पिता पूर्वराजा ज्ञानेन्द्र, आमा कोमल र पत्नी हिमानीसहित परिवारका  सदस्यसँगको उनको भेटघाट कमै हुने गरेको थियो। तर पछिल्लो एक वर्ष यता बाबु आमा र श्रीमतीसँगको भेटघाट भने बाक्लो भएको छ।

पारस १५ असोजमा पत्नी हिमानीको जन्मदिनमा सहभागी  भए। परिवारका नजिकका आफन्तबीच मनाइएको उक्त कार्यक्रममा पारस र हिमानी केहीबेर सँगै नाँचेका पनि थिए। उनीहरूलाई सँगै नाच्न नातेदारहरूले मिलाइदिएका थिए। दसै तिहार बुबा आमासहित परिवारसाग निर्मल निवासमै रमाइलो गरेर मनाए।