सटर भाडा महंगाएको भन्दै आकाशीयो तरकारी भाउ - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

सटर भाडा महंगाएको भन्दै आकाशीयो तरकारी भाउ



अर्घाखाँची । सन्धिखर्कमा बसोबास गरेका अधिकांश मानिसले तरकारी किन्ने स्थान हो, शान्तीबगैँचाका तरकारी पसल । हजारौ जनसंख्या रहेको सन्धिखर्कमा ठुलाठुला होटल देखी घर भाडामा बस्ने धेरैजसोले तरकारी किन्छन यहाँ ।

सन्धिखर्क नगरपालिकाका सटरहरु अर्घाखाँची जिल्लाको मुटु शान्तीबँगैचामा तरकारी मंहगो छ । सन्धिखर्क नगरपालिकाले टेण्डर खुलाई सटरहरु भाडामा विक्री गरेको छ, यहाँ एक सटरको २६ हजार पाचँ सय देखी ३१ हजार पाचँ सय सम्मका सटरहरु छन । भाडा मंहगो भएकै कारण न्युनतम मुल्यको २३ हजार पाचँ सयको सटर भाडामा गएको छैन ।

सन्धिखर्क नगरपालिकाले टेण्डर आव्हान गर्दा तछाड् मछाड् गरी कस्ले धेरै मुल्य दिन्छ, त्यसैलाई सटर भाडामा विक्री ग¥यो अहिले पछुतो छ व्यापारीलाई । नगरपालिकाका सटरहरु भन्दा कयौ सटरहरु सस्ता छन, ति नगरपालिकाका सटर भन्दा विपरित साईडका व्यक्तीगत घरमा ।
जिल्लाका ६ स्थानिय तह जसको एक स्थानिय तह सदरमुकाम समेत रहेको सन्धिखर्क नगरपालिका । स्थानिय तहको निर्वाचन सदरमुकाममै बस्दै आएका सचिवहरु गाउँका वडा कार्यालयमा तथा अधिकाशं सरकारी कार्यालयका कर्मचारीहरु पनी गाउँमै जान थालिसके ।
सन्धिखर्कको चहलपहल घट्दो छ, बालबालीका पढाउँनका लागी सहरमा आउँने देखी क्याम्पस पढ्ने विद्यार्थीहरुले तरकारी किन्छन, यहाँ ।
मासिक २६ हजार पाँच सय भाडा तिरेका कृष्णप्रसाद भट्टराईले भने, भाडा अत्यधिक मंहगो छ, व्यापार कम हुदैँ गएको छ, भाडा नगरपालिकालाई अग्रीम भुक्तानी गर्नुपर्छ उनले भने ।

धरौटी एक महिनाको जम्मा भएको छ, पसल गर्न लागेको साढे ३ वर्ष हुन लाग्यो, त्यसभन्दा अगाडी १० हजार भाडा थियो, एकाएक टेण्डर आव्हान भई धेरै पैसामा नगरपालिकाले विक्री ग¥यो, अहिले भाडा तिर्न गाहृो भएको छ भट्टराईले भने ।

यहाँका ५ सटरहरुको मंहगो भाडा अधिकांश सदरमुकाम बासी तरकारी किन्न यहाँ नै आउँछन, नगरपालिकाको भन्दा धेरै सस्तो भाडामा पनी तरकारी, फलफुल गर्ने व्यापारी पनी छन, तर यहाँको मुल्यमा नै त्यहाँ पनी पाईन्छ ।
३० हजार भाडा भएको तरकारी व्यापारी र १० तथा ४÷५ हजार भाडा भएको तरकारी व्यापारीको मुल्य एउटै हुदाँ अन्य ठाउँमा तरकारी किन्न जान पनी विकल्प छैन, एक ठाउँका कारण जताजतै मंहगो छ, सन्ध्या होटलका प्रो शोभाखर पौडेलले भने ।
सन्धिखर्क १ निवासी सरिता भुसालले तरकारी किन्न लागेको ३० वर्ष भयो, सन्धिखर्कमा तरकारीको मुल्य सधै वृद्धि भईरहेको छ, जिवन चलाउँन नै गाहृो हुन लाग्यो उनले भनिन् ।
मंहगो भाडा भएका व्यापारीहरु भन्छन भाडा धेरै नै भयो सल्लाह गरेर नगरपालिकाले घटाउँनु पर्छ, मंहगो भाडा तिर्ने एक व्यापारीले भने । व्यापारीहरुले ३० हजार भाडा तिरेर केही कमाउँने उद्देश्य हुन्छ सवैको । मंहगो भाडाका कारण पनी सन्धिखर्कमा तरकारी मंहगो छ ।
सन्धिखर्कमा तरकारी बाहिरबाट आउँछ, जिल्लामा कृषकहरुले उत्पादन गरेको तरकारीले बजारभाउँ पाउँदै संस्तो नै लुट्न खोज्छन व्यापारी तर उनीहरुले बाहिरबाट तरकारी ल्याउँदा जती मंहगो परे पनी ल्याउँछन, अधिकाशं कृषकहरु भन्छन, स्थानिय सरकारले स्थानिय तहमा उत्पादित तरकारीको उचित मुल्य कायम गरी राम्रो बजारभाउँ पाउँनुपर्छ ।