सुस्त मनस्थिति भएकी एक ४७ वर्षीय महिलामाथि बलात्कार,बलात्कारपछि हत्याको प्रयास
रामेछाप ।। रामेछापमा सुस्त मनस्थिति भएकी एक महिलामाथि बलात्कार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन ।
रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ कि ४७ वर्षीय सुस्त मनस्थिति भएकी ठाँइली श्रेष्ठमाथि बलात्कार गरेकोे आरोपमा रामेछाप नगरपालिका वडा नम्बर ८ कै २२ वर्षीय मनोज तामाङ पक्राउ परेका छन ।
राम्रोसँग बोल्न नसक्ने र मानसिक सन्तुलन पनि ठिक नभएकी एकल महिलामाथि शनिबार राति करिब १० बजेतिर बलात्कार भएको प्रहरीले जनाएको छ । बलात्कृत महिलाको शरीरभरी चोटपटक र निलडाम भएकाले बलात्कारसँगै हत्याको प्रयास पनि भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
प्रहरीका अनुसार बलात्कार अभियोगमा पक्राउ परेका तामाङ लागु पदार्थ सेवन गर्ने र धेरै चोटि चौकीमा रिपोट परिसकेको आरोपमा यस अघि पनि बारम्बार पक्राउ परेका थिए ।
पक्राउ परेका तामाङलाई देख्ने वित्तिकै पिडित महिला डराउने र रुने गरेपछि स्थानियले सोधपुछ गरि प्रहरीलाई खबर गरेपछि यो घटना सार्वजनिक भएको हो ।
जिल्ला प्रहरी कार्यलय रामेछापका इन्सपेक्टर राजकुमार थापाका अनुसार घटनास्थलमा वीर्य सहितको कण्डम फेला परेको र घटनाबारे थप अनुसन्धान पछी दोसी तामाङ्ग १२ वर्षको लागि जिल्ला कारागार रामेछापमा जेल चलान गरिएको बताउनुभएको छ ।
राजन महतारा क्षेत्री, हजुरको रेडियो रामेछापको सहयोगमा।