राष्ट्रिसभा गठन गर्ने विषयमा नेपाली काँग्रेसले बोली फेर्यो :प्रचण्ड - Himal Post Himal Post
  • १७ माघ २०८२, शुक्रबार
  •      Fri Jan 30 2026
Logo

राष्ट्रिसभा गठन गर्ने विषयमा नेपाली काँग्रेसले बोली फेर्यो :प्रचण्ड



चितवन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी परिणामसँगै नेपाली काँग्रेसले राष्ट्रिसभा गठन गर्ने विषयमा बोली फेरेको आरोप लगाएका छन्।

चितवनको बाँदरझुलामा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले चुनावी नतिजा आफूअनुकूल नआएपछि बोली फेर्नु राजनीतिक र नैतिक रूपमा समेत राम्रो नभएको बताए।

‘संविधानमा एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभा गठन गर्ने विषय उल्लेख छैन’, दाहालले भने, ‘मन्त्रिपरिषदबाट पारित गर्दा र राज्य व्यवस्था समितिमा छलफल गर्न बहुमतीय प्रणाली अपनाउन सहमत बनेको काँग्रेसले चुनावी परिणामपछि एकल संक्रमणीयमा अडान लिएको छ।’

बहुमतीय प्रणालीबाट राष्ट्रियसभा गठन गर्ने विषयमा चुनावअघि सबै दल सहमत भएको दाहालको दाबी छ।

पार्टी एकता र सरकार गठन प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँदै दाहालले माओवादी र एमालेबीचको एकतालाई कसैले बिगार्न नसक्ने बताएका छन्।