एकताका लागि हामीलाई अब कुनै समस्या छैन: प्रचण्ड - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

एकताका लागि हामीलाई अब कुनै समस्या छैन: प्रचण्ड



भरतपुर।

माओवादी केन्द्रका अध्यक्ष  एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सभा विधेयकबारे आफुहरुले साझा धारणा बनाएर अघि बढ्ने बताएका छन् ।

गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले भने, ‘प्रधानमन्त्रीले पाँच दलको बैठक बोलाउनु भयो। राष्ट्रिय सभा र नयाँ सरकार गठनबारे कुराकानी भयो, ठोस निष्कर्ष निस्किसकेको छैन। संविधानमा राष्ट्रिय सभा बहुमतीय कि एकल संक्रमणीय भन्ने बारेमा केही कुरा उल्लेख छैन। विगतमा एकल संक्रमणीय प्रणालीको अभ्यास थियो। अहिले संविधानमा केही उल्लेख नभएकाले केही अन्यौल देखिएको छ। हामी बाम गठबन्धनभित्र छलफल गरेर साझा धारणा बनाउँछौ र निकास खोज्छौं ।’

पार्टी एकताको प्रक्रिया पनि अघि बढ्छ। छिट्टै पार्टी एकता संयोजन समितिको बैठक बस्छौं, अध्यक्ष दाहालले भने, ‘एकताका लागि हामीलाई कुनै समस्या छैन। हाम्रा केही समझदारी छन्। हामी समझदारीका साथ अघि बढ्छौं।’