गगन थापालाई संसदीय दलको नेता बनाउन जोड - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

गगन थापालाई संसदीय दलको नेता बनाउन जोड



कांग्रेसका युवा नेताहरुले पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न जोड दिने भएका छन् । ।

चुनावमा पार्टी पराजयको समीक्षागर्न  बुधबार बसेको युवा नेताहरुको  बैठकले केन्द्रीय कर्यसमिति हुँदै महाधिवेशन बोलाउनुपर्ने माग गरेको छ ।

केन्द्रीय सदस्य चन्द्र भण्डारीको संयोजनमा भएको बैठकमा नेताहरु गगन थापा, धनराज गुरुङ, बद्रि पाण्डे, गुरु घिमिरे, महादेव गुरुङ, जीवन परियार, प्रदीप पौडेल, उमेशजंग रायमाझी, रामहरि खतिवडा, सुवास पोखरेल, उज्ज्वल बराललगायत थिए ।

नेता भण्डारीले पार्टीमा आमुल सुधारका लागि विचारसहितको कार्यक्रम लिएर युवाहरु अघि बढ्ने उद्देश्यसहित छलफल थालिएको बताएका छन् ।

थापालाई संसदीय दलको नेता बनाउन जोड
बैठकमा युवा नेता गगन थापालाई संसदीय दलको नेता बनाउनुपर्ने माग गरिएको छ ।

केन्द्रीय सदस्य धनराज गुरुङले थापालाई संसदीय दलको नेता बनाउन सके पार्टीमा आमूल सुधार हुने विश्वास व्यक्त गरे ।

थापाले भने यसबारे बैठकमा कुनै प्रतिक्रिया दिएनन् । उनले समयमै पार्टीमा आमूल सुधार गर्न नसके संगठनका लागि अझै ठूलो क्षति हुने बताए ।

थापालाई संसदीय दलको नेता बनाउनुपर्ने प्रस्तावमा अन्य नेताहरु पनि सकारात्मक देखिएका छन् ।