कांग्रेसभित्र नयाँ पुस्ताको सक्रियता: देउवानिकट नेताको के छ तयारी ? - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

कांग्रेसभित्र नयाँ पुस्ताको सक्रियता: देउवानिकट नेताको के छ तयारी ?



नावमा प्रत्यक्षतर्फ नराम्ररी पराजित कांग्रेसको दोस्रो पुस्ता पार्टीलाई गतिशील बनाउन सक्रिय भएको छ । दोस्रो पुस्ताका नेताले वर्तमान नेतृत्वले चुनावमा भोग्नुपरेको पराजयको जिम्मेवारी लिँदै नेतृत्व हस्तान्तरण गर्नुपर्नेसम्मको आवाज उठाएका छन् । संगठनलाई चुस्त पार्न उनीहरूले पार्टीभित्र शुद्धिकरण हुनुपर्नेमा जोड दिएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

चुनावमा भोग्नुपरेको पराजयको कारण खोज्न दोस्रो पुस्ताका नेताहरू बुधबार छलफलमा बसेका थिए । चुनाव जितेका तथा झिनो मतान्तरले पराजित नेताहरू सम्मिलित बुधबारको छलफलमा गगन थापा, चन्द्र भण्डारी, प्रदीप पौडेल, धनराज गुरुङसहित १७ जना युवा नेता सम्मिलित थिए ।

दोस्रो पुस्ताका नेता छलफलमा जुटेको सूचना बाहिरिएपछि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवानिकट मानिने नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, नेपाल महिला संघकी अध्यक्ष उमा मगर, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललगायत अर्काे समूह पनि छुट्टै भेला भएर पार्टी पराजयका कारण खोतल्न सातै प्रदेशमा रणनीतिक भेला गर्ने निष्कर्षमा पुगेका थिए ।

दोस्रो पुस्ताको नेताको छलफल तथा पार्टी संसदीय दलको नेतामा गगनको प्रस्तावका बारेमा देउवानिकट बालकृष्ण खाँणले पार्टी विधानअनुसार चल्ने भएकाले विधानसम्मत कुरा गर्न आग्रह गरेका छन् ।‘पार्टीभित्र विभिन्न मुद्दामा साथीहरूले गर्ने छलफललाई म अन्यथा लिन्नँ । तर, पार्टीलाई फाइदा हुने गरी छलफल गर्दा राम्रो हुन्छ’, खाँणले भने ।

देउवानिकट केही नेताले समानुपातिकको सिट देखाएर पार्टीले बेहोरेको क्षतिलाई नजरअन्दाज गर्नु गलत भएको टिप्पणी गरेका छन् ।
तर, प्रदीप पौडेल भन्छन्, ‘प्रत्यक्षमा कांग्रेसले बेहोरेको हारलाई गम्भीर रूपमा लिनैपर्छ । पार्टीको नीति, नेतृत्व र संगठनमा व्यापक सुधारको विकल्प छैन ।’