४० करोड बराबरको साधारण सेयर - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

४० करोड बराबरको साधारण सेयर



डिसहोम नेपालले ४० करोड रुपैयाँ बराबरको साधारण सेयर ल्याउने भएको खबर आजको कारोबारमा छ ।

कम्पनीले प्रिमियर मूल्यसहित साधारण सेयर निष्कासनका आन्तरिक प्रक्रिया सुरु गरेको हो । भुवन पौडेलले आजको कारोबारमा लेखेका छन् ।

हाल दुई अर्ब चुक्ता पुँजी रहेको कम्पनीले १० प्रतिशतसम्मले हुन आउने २० करोड रुपैयाँ बराबरको सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न लागेको हो ।

कम्पनीले आगामी योजना र त्यसका लागि पुँजीको आवश्यकताअनुसार सर्वसाधारणबाट पुँजी संकलन गर्ने डिसहोमका अध्यक्ष देवी भट्टचनले बताए ।

नेपाल धितोपत्र बोर्डको सम्पूर्ण प्रक्रिया पुरा गर्दा आगामी भदौसम्ममा सेयर निष्कासन हुन सक्ने उनको भनाइ छ ।