नवराज सिलवाल अब फरार अभियुक्त - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

नवराज सिलवाल अब फरार अभियुक्त



काठमाडौं– 

हालै प्रतिनिधिसभा सदस्यमा ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका पूर्व डिआईजी नवराज सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा कीर्ते मुद्दाको जाहेरी दर्ता भएको छ। जाहेरी दर्ता भएसँगै सिलवाल फरार अभियुक्त भएका छन्।

डिआइजीको कार्यसम्पादन मूल्याङकन कीर्ते गरेको भन्दै सर्वोच्च अदालतले कीर्ते गर्नेहरुलाई अनुसनधान गरी कारबाहीको आदेश दिएको थियो। सर्वाेच्चको फैसलाको पूर्णपाठसहितको पत्र गएपछि सिलवालविरुद्ध बुधबार जाहेरी दर्ता भएको हो।

जाहेरी दर्ता भएको पुष्टि गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रविन्द्र धानुकले भने,‘कानुन अनुसार प्रक्रिया अघि बढेको छ।’

जिल्ला अदालतमा फौजदारी मुद्दा दर्ता भएसँगै सिलवाल सांसदबाट निलम्बनमा पर्नेछन्। हाल प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धान सकिएपछि जिल्ला अदालतमा मुद्दा दर्ता हुनेछ।

नेपाल लाइभको सहयोगमा