सिरहामा बस पल्टिँदा १४ जना घाइते - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

सिरहामा बस पल्टिँदा १४ जना घाइते



सिरहा ।।   पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरस्थित चोकमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको ना ४ ख ७४१८ नम्बरको मुनाल यातायात नामक यात्रुबाहक बस प्रयागपुरमा अनियन्त्रित भएर सडक छेउमा पल्टिँदा १४ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको अस्थायी प्रहरी चौकी मिर्चैयाका प्रहरी सहायक निरीक्षक सतेन्द्र यादवले जानकारी दिए । बसका चालक फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । रासस