२३ दिनदेखि लेखापाल बेपत्ता - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

२३ दिनदेखि लेखापाल बेपत्ता



पूर्वाञ्चल क्षेत्रीय हुलाक निर्देशनालय विराटनगरबाट काजमा खटिएका लेखापाल कुलबहादुर थापा २३ दिनदेखि बेपत्ता भएका छन् ।

निर्देशनालयबाट मंसिर ६ मा जिल्ला हुलाक कार्यालय उदयपुर र सप्तरीको भ्रमणमा गएका थापा ९ गतेदेखि बेपत्ता भएका हुन् ।

उनकी पत्नी रेवताले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी पतिको खोजी गरिदिन सरोकारवाला निकायलाई आग्रह गरिन् ।

‘मंसिर ९ गते बिहान ७ बजे आफूले फोन गरेपछि भण्टाबारीबाट हिँड्न लागेको भन्नुभएको तर आजसम्म आउनुभएको छैन,’ उनले भनिन्, ‘कार्यालय प्रयोजनका लागि खटिएका आफ्ना पतिको खोजीमा प्रहरी प्रशासनलाई गम्भीरतापूर्वक लाग्न आग्रह गर्दछु ।’ यो खबर आजको कान्तिपुरमा छ ।