देउराली सांस्कृतिक परिवारद्वारा भैलो समापन , २६ जनवारिमा सांस्कृतिक कार्यक्रम गर्ने ! - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

देउराली सांस्कृतिक परिवारद्वारा भैलो समापन , २६ जनवारिमा सांस्कृतिक कार्यक्रम गर्ने !



नयाँ दिल्ली

देउराली सांस्कृतिक परिवारद्वारा देउसी भैलो समापन कार्यक्रम आइतबार नयाँ दिल्लीको एन्डुस्गंजमा सम्पन्न भएको छ । गोपाल पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भारतको दिल्ली र दिल्ली एनसीआरमा रहेका राजनैतिक एवंम गैर राजनैतिक नेपाली सङ्घ सस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रवासमा रहेर पनि नेपाली संस्कृतिको जगेर्ना गर्दै गत तिहारमा नेपाली भेष भूषा सहित भारतको दिल्ली एनसी आरमा देउसी भैलो खेलिएको थियो आगामी दिनमा पनि निरन्तरता दिनु पर्ने भन्दै उपस्थित अतिथिले शुभकामना दिएका थिए ।

सोही कार्यक्रममा आउदो २६ जनवरीमा देउराली सांस्कृतिक मञ्चले सांस्कृतिक कार्यक्रम गर्ने घोषणा गरेको थियो नेपालबात ख्यातिप्राप्त कलाकारहरू लोकदोहरी गायिका सम्झना भण्डारी ,लोकदोहोरी गायक नारायण बिपी परियार ,गायिका बिष्णु श्रीपाली  ,लोकदोहोरी गायक सुबोध पोख्रेल र यहाँका स्थानीय कलाकार एवं अन्य सांस्कृतिक कार्यक्रम हुने जानाकारी दिनुका  साथै सोही दिन नेपाल आवाजावातको लागि सुविधा दिँदै आएको सुपा देवी देउराली टुर एण्ड  ट्रावल्सले आफ्ना नयाँ एसी गाडीहरु पनि सञ्चालनमा ल्याउने जनाकारी दिएका थिए ।