ओली साढे दुई वर्ष प्रधानमन्त्री अनि दाहालको पालो - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

ओली साढे दुई वर्ष प्रधानमन्त्री अनि दाहालको पालो



काठमाडौं ।। कम्युनिस्ट गठबन्धनले प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक दुवैमा बहुमत ल्याएपछि सरकार गठन प्रक्रियामा कसरी अघि बढाउने भन्ने विषयमा पनि समझदारी बनाएका छन् । आज प्रकाशित दैनिक पत्रिकाका अनुसार पहिलो साढे दुई वर्ष नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री चलाउने बाँकीको साढे दुई वर्ष नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनेछन् । त्यसैगरी पार्टीको अध्यक्ष पदमा पनि सामूहिक नेतृत्वको धारणाले अघि बढ्ने विषयमा दुवै दलबीच छलफल चलिरहेको छ । राष्ट्रपति तथा सभामुखको पदमा भने अझै दुई दलबीच टुंगो लाग्न सकेको छैन । एमाले राष्ट्रपति तथा सभामुख दुवै पद आफैसँग राख्न चाहन्छ भने माओवादी तीमध्ये एक पद आफूले पाउनुपर्ने दाबी गर्दैछ । तर, एमाले भने उपराष्ट्रपति तथा उपसभामुख दुवै पद माओवादीलाई दिएर कुरा मिलाउने तरखरमा रहेको नागरिक दैनिकको भातृ पत्रिका अंग्रेजी दैनिक रिपब्लिकाले मुख्य समाचारको रूपमा प्रकाशित गरेको छ ।