गाउँ गाउँमा संयुक्त कार्यक्रम गर्दै बाम गठबन्धन, मालारानिमा संयुक्त भेला
कमल बिस्ट/कार्तिक २०
बाम गठबन्धन मालारानी अर्घाखाँचीको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मन्तव्य राख्ने बक्ताहरुले कम्युनिस्ट पार्टीबिचको एकता प्रक्रियाले श्रमजीवी जनता उत्साही भएको बताए ।
राष्ट्रवादी देशभक्त कम्युनिस्टहरु एक आपसमा फुट्दा प्रतिक्रियावादी शक्तिहरूले लाभ उठाएको भन्दै उनिहरुले राष्ट्रियताको रक्षा , दिगो बिकास र मुलुकको समृद्धिको लागि आगामी निर्वाचनमा बाम गठबन्धनका उमेदवार लाई बिजय गराउन आग्रह गरे ।
यसरी मन्तव्य राख्ने हरुमा नेकपा एमालेका केन्द्रिय सदस्य नजिर मिया, नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य चन्द्र बहादुर खड्का उज्ज्वल , नेकपा एमालेका नेता नरेन्द्र कुमार क्षत्री ,एमाले सचीव रामबहादुर चौहान, एमाले जिल्ला उपसचिव प्रेमनारायण गैरे, नेकपा माओवादी केन्द्रका जिल्ला सहसंयोजक द्वय छमकुमारी खनाल चिनारी, तोज बहादुर रायमाझी हुनुहुन्थ्यो ।
एमाले मालारानी गाउपालिकाका संयोजक शालिकराम आचार्यको अध्यक्षता र बिबि खड्का को सन्चालनमा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका एम. बि. पान्डे, ठाकुर सौराग, नेकपा एमालेका जिल्ला कमिटी सदस्य लिलबहादुर बिक, युवा संघका जिल्ला अध्यक्ष गोबिन्द आचार्य लगायतका बक्ताहरुले मन्तब्य राख्नुभएको थियो ।
भेलाले शालिकराम आचार्यको अध्यक्षतामा ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ , जसको सह सम्योजकमा श्याम खनाल रहनुभएको छ । यसैगरी भेलाले एम. बि. पाण्डे संयोजक र यमलाल खनाल सह संयोजक रहेको ५ सदस्यीय आर्थिक समिति, देवबहादुर खड्का संयोजक र लक्ष्मण मरासिनी सहसंयोजक रहेको १ हजार ५१ सदस्यीय चुनाव प्रचार प्रसार समिती, बिक्रम खनाल संयोजक र बिष्णु पुन सह संयोजक रहेको २१ सदस्यीय युवा परिचालन समितिको समेत निर्माण गरेको छ ।
भेलामा नेकपा एमाले र माओवादी केन्द्रको हन्शपुर गोखुङ्गा, बागी , खन, खनदह, अर्घातोस र मरेङ्गका अगुवा कार्यकर्ताको उपस्थित रहेको थियो ।