पोखरेलीका बेजोड मुक्तकहरु - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

पोखरेलीका बेजोड मुक्तकहरु



१)

कहिले आउछौ घुमेर भन्दिए उ केही बोलेन
झर्छ बैँस फूलेर भन्दिए उ केही बोलेन
जानेबेला तिमीलाई के ल्याइदिम भनी सोध्यो?
मैले हास्दै “उमेर” भन्दिए उ केही बोलेन

२)

नियम तोड्छ सीमा नाघ्छ हाम्रो सरकारले
अब केही गर्दैन जस्तो लाग्छ हाम्रो सरकारले
मृत शरीरले रेमिट्यान्स पठाउछ मात्रै भन्दिनुस
लास पनि विदेश मै राख्छ हाम्रो सरकारले

३)

जो घरको मुलि भयो उहीँ गुरु भयो
उसकै इसारामा व्यवहार खुरु खुरु भयो
उ जागिरे म जागिरे जिम्मेवारी त बराबर हो
घरको काम नि बाडौ भन्दा झगडा सुरु भयो ।

४)

यो उमेरमा चढ्ने सबको मातै बैमानी हो
सम्झनामा आँसु झर्ने रातै बैमानी हो
जति माया दिएपनी घरी घरी निहु खोज्छन
यो लोग्ने मान्छे भन्नेको त जातै बैमानी हो ।

५)
गरिबीसङ्ग पैसा जोख्ने तालिम स्कुलदेखी हुन्छ
अनि टेबल ठोक्ने तालिम स्कुलदेखी हुन्छ
उ भन्दा गर्हुङ्गो झोला बोकाएर पठाउनुस
खाडीमा बालुवा बोक्ने तालिम स्कुलदेखी हुन्छ ।

मिर्मिसा पराजुली, पोखरा