माओवादी मन्त्रीहरु किन फिर्ता नहुने ?
काठमाडौं-
नेकपा माओवादी केन्द्रका मन्त्रीहरु तत्काल सरकारबाट नबाहिरिने भएका छन् । आजको नेपाल समाचारपत्रको प्रथम पृष्ठमा खबर छ ।
माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गरेर वाम गठबन्धन बनाएपछि प्रधानमन्त्री शेर बहादुर देउवाले माओवादीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई विनाविभागीय बनाएका थिए ।
माओवादी केन्द्रले कात्तिक ५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट आफ्ना मन्त्रीहरु बाहिरिने अन्तिम निर्णय गरे पनि निर्वाचनप्रति सरकारले षड्यन्त्र गरेको निष्कर्ष निकाल्दै सरकारमै रहने निर्णय लिएको थियो ।
तर माओवादीका अधिकांश मन्त्रीहरु निर्वाचन अभियानमा जुटेकाले निर्वाचनअघिसम्म बिनाविभागीय कै हैसियतमा भए पनि सरकारमा रहने भएका हुन् ।