सिद्धगुफा क्षेत्रलाइ धार्मिक क्षेत्रको रुपमा बिकास कार्य शुरु - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

सिद्धगुफा क्षेत्रलाइ धार्मिक क्षेत्रको रुपमा बिकास कार्य शुरु

बुटवल : रामनदी धाम शालिग्राम सिद्धगुफा क्षेत्र स्याङ्जालाइ धार्मिक क्षेत्रको रुपमा बिकास थालिएको छ ।रामनदी धाम सिद्धगुफा समितिको पहलमा धाममा बिभिन्न संरचनाहरु निर्माण भैरहेका छन् ।

धामको उचित प्रचारप्रसार र बिकासका लागि समितिले धर्मअनुरागिहरुलाइ सहयोगको लागि आब्हान समेत गरेको छ ।धाममा बिभिन्न भगवानका मूर्ति स्थापना साथै मन्दिरहरु निर्माण भैरहेको धामका पण्डीत पुरुषोत्तम पाण्डेयले बताए ।

मन्दिरका लागि बुटवलका समाजसेवी प्रदीप श्रेष्ठले ११ बर्षका लागि अखण्ड रुद्राभिषेक गर्नका लागि लाखौं रुपैंया दान घोषणा गरेका छन् ।श्रेष्ठ परिपवारले धामको बिकासका लागि सबैलाइ सहयोग गर्न पनि आग्रह गरेको हो ।

सिद्ध गुफा नेपालको ऐतिहासिक र धार्मिक पर्यटकीय धरोहर भएकाले यसको संरक्षणका लागि सन्तमहन्त मात्र होइन सबै नेपाली लाग्नुपर्ने दर्शनाचार्य चैतन्य कृष्ण प्रभुको भनाइ छ ।