उपाध्यायलाई वागी उम्मेदवारको कडा चुनौती - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

उपाध्यायलाई वागी उम्मेदवारको कडा चुनौती



कपिलबस्तु, कात्तिक १७ ।

राजदूत पदबाट राजिनामा दिएर कपिलबस्तु क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायलाई ठूलो झड्का लागेको छ ।

सोही क्षेत्रमा वाम गठबन्धनका तर्फबाट माओवादीका प्रभावशाली नेता चक्रपाणी खनाल उम्मेदवार बनेका छन । स्थानीयस्तरमा लोकप्रीय रहेका कांग्रेसका नेता दुर्गा सेनले उपाध्यायविरुद्ध बागी उम्म्ेदवारी दिएपछि उनमाथि ठूलो चुनौती खडा भएको छ ।

संगठनमा इमान्दार कार्यकर्ता भन्दा पनि गुटबन्दी गरेर पार्टीलाई नै धरासायी बनाएको भन्दै उनले उपाध्यायविरुद्ध बागी उम्मेदवारी दिएका हुन्।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेशसभा क्षेत्र नम्बर २ मा पनि कांग्रेसले देउवा पक्षका राजेश आचार्यलाई उम्मेदवार बनाएपछि युवा नेता अमित पाण्डेले स्वतन्त्र उम्मेदवारी मनोनयन गराएका छन्। कांग्रेसमा ७ जनाविरुद्ध बागी उम्मेदवारी परेपछि कपिलवस्तुमा कांग्रेसका उम्मेदवार तथा कार्यकर्ताहरु चिन्तित बनेका छन्।

वाम गठबन्धनकै उम्मेदवारसँग कडा चुनौती रहेको अवस्थामा पार्टीभित्रकै असन्तुष्ट नेताहरुले धमाधम उम्मेदवारी दिएपछि कांग्रेसलाई निकै गाह्रो हुने अनुमान गर्न थालिएको छ ।

तीनवटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा ५६ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। प्रदेश सभाका ६ वटा निर्वाचन क्षेत्रमा १३० जनाले उम्मेदवारी दिएका छन्।