काँग्रेस लोकतान्त्रिक पार्टीनै होइन : प्रचण्ड - Himal Post Himal Post
  • २४ पुष २०८१, बुधबार
  •      Wed Jan 8 2025
Logo

काँग्रेस लोकतान्त्रिक पार्टीनै होइन : प्रचण्ड



काठमाडौ ।

वामपन्थी एकताकाे तरंगले देशमा उत्साह छाएकाे छ भने अर्को तर्फ भयानक आतंक सृजना गरेको प्रचण्डले बताएका छन । उनले वामपन्थी तरंगले नयाँ परिकल्पना गरेको भन्दै निर्वाचित हुनका लागि मात्र यो गठबन्धन नभएको वताए ।

संविधानको कार्यान्वयनका लागि यो तरंगले उभार ल्याउने वताए । आफु चितवनबाट नै लड्ने बताउदै उनले चितवनका जनताको मत लिएर राष्ट्रको नेतृत्व गर्ने बताए ।

प्रचण्डले भने लोकतन्त्रका लागि नेपाली जनताले रगतबगाएका छन् काँग्रसले लोकतन्त्र दवाउने रणनीति लिएकाले उसलाई यो शव्द उच्चारण गर्ने अधिकार छैन ।

नेपालमा नयाँ तरंग र उत्साहका साथ चितवन पुगेको बताउदै प्रचण्डले मदन भण्डारीसंग बसेर छलफल गरेको स्मरण गरे । समाजबादका निम्ति लडाइ लडेकाे भन्दै प्रचण्डले केपी अाेली र अाफ्नाे स्वभाव मिलेकाले एकता सम्भव भएकाे बताए ।

याे देशलार्इ दलाल र ठेकेदारका जिम्मा दिन र सुम्पीन सक्दैनाै भन्दै मिसन पुरा गर्न नेपाली जनताले चाेटिलाे जवाफ दिनु पर्नेमा प्रचण्डले जाेड दिए ।

काँग्रेसकाे घैटामा घामलाग्ने वातावरण पनि बनाएकाे  जिकिर गर्दै राजावादी भएर जनताका अगाडि अाउने कल्पना नवाेक्न प्रचण्डलाइ अाग्रह गरे । देउवाले गिरिजाबावुकाे सपना पुरा गर्न इतिहास पल्टाएर हेर्न सूझाव दिए ।