पूर्व डिआईजी नवराज सिलवालद्वारा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

पूर्व डिआईजी नवराज सिलवालद्वारा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता



ललितपुर, कात्तिक १६ ।

नेकपा एमालेको तर्फबाट ललितपुर क्षेत्र नम्बर १ बाट पूर्व डिआईजी नवराज सिलवालले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्याललयमा मनोनयन दर्ता गराएपछि प्रतिक्रिया दिँदै सिलवालले आफूलाई राज्यले अन्याय गरेपनि जनताले न्याय गर्ने बताए ।

वाम गठबन्धन साझा उम्मेदवार बनेका उनले भने, ‘न्याय माग्न जनतामा आएको छु । जनताले मलाई न्याय गर्नेछन् । राज्यले गरेको अन्याय म जनताबाट माग्छु ।’
उनले विगतमा आफू कानून लागू गर्ने ठाउँमा भएको र आज देश समृद्ध बनाउने ठाउँमा आएको भन्दै अमूल्य मत दिएर विजयी गराउन आह्वान गरे ।

सिलवालले निर्वाचनपछि वामपन्थी सरकार बनेर देश विकास हुने समेत बताए । उक्त क्षेत्रमा नेपाली कांग्रेसका उदयर शमशेर राणाले उम्मेदवारी दिएका छन ।