कांग्रेसका प्रकाशमान र विवेकशील साझाका रविन्द्र मिश्र बिरुद्ध शर्मा लड्ने ! - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

कांग्रेसका प्रकाशमान र विवेकशील साझाका रविन्द्र मिश्र बिरुद्ध शर्मा लड्ने !



हिमाल पोस्ट /काठमाडौँ १५

माओवादी केन्द्रले उपत्यकाका प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको नाम टुंगो लगाएको छ ।

वाम गठबन्धनको तर्फबाट काठमाडौँ १ मा अनिल शर्मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । काँग्रेस नेता प्रकाशमान सिंह र विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसँग वामपन्थी गठबन्धनको तर्फबाट शर्मा भिड्ने भएका छन् ।

प्रकाशमान सिंह काँग्रेसका पहिलो दर्जाका नेता हुन्, उनी काँग्रेसका संस्थापक सर्वमान्य नेता गणेशमान सिंहका छोरा पनि हुन् । त्यस्तै कहलिएका पत्रकार रविन्द्र मिश्र पनि विवेकशील साझा पार्टीका संयोजक हुन्, उनी केही दिन देखि चुनावी प्रचारमा लागिसकेका छन् । भने क्रान्तिकारी भित्र बौद्धिक नेताको छवि बनाएका अनिल शर्मा व्यवस्थापनमा माहिर मानिन्छन, स्वब्यु निर्वाचन देखि रुकुमको स्थानीय चुनावको जस उनैलाई जाने गरेको छ, त्यसमाथि उज्यालो अभियानका जननी तथा पूर्व गृहमन्त्री जनार्दन शर्माका भाइ पनि हुन् ।

केही समयअघिमात्र अखिल क्रान्तिकारीको महाधिवेशनमा अध्यक्ष उठेर रन्जित तामाङसँग झिनो मतले पराजित शर्मा अखिल क्रान्तिकारी भित्र निकै लोकप्रिय नेता मानिन्छन ।

काठमाडौँ १ एमालेले पाउने सहमति भएकोमा अन्तिममा माओवादीलाई छाडेपछि शर्मा उम्मेदवार बनेका हुन् ।