देश टुक्र्याउन पाईदैन, गणतन्त्र चाहिँदैन: राजा तिमी अगाडी बढ, जनता तिम्रो साथमा छन् भन्दै निकालियो जुलुस - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

देश टुक्र्याउन पाईदैन, गणतन्त्र चाहिँदैन: राजा तिमी अगाडी बढ, जनता तिम्रो साथमा छन् भन्दै निकालियो जुलुस



वीरगंज/पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट भाइटिकाको दिन आएको देशको दुरावस्थाको अन्त्य गर्न आफू जनताको आवश्यकता र चाहना अनुरूप नेतृत्व लिन तैयार रहेको अभिव्यक्ति देशभरका जनताहरुबाट स्वागत भैरहेको छ ।

यसै क्रममा बाराको सिमरा जितपुरमा महानगरपालिकाको जितपुरमा र्याली निकालिएको छ ।नेपाल राष्ट्रवाद संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहको नेतृत्वमा निष्केको र्यालीका सहभागीहरुले पूर्व राजा शाहलाई देशको नेतृत्व सम्हालन आह्वान गरेका छन ।

 

राजा आउ देश बचाऊ, राजा जनता एक हौं, गणतन्त्र चाहिँदैन देश  टुक्र्याउन पाईदैन, गणतन्त्र मुर्दावाद, राजतन्त्र जिन्दावाद, राजा तिमी अगाड़ी बढ़ जनता तिम्रा साथमा छन्, नेता चोर देश छोड़ लगायतका गगनभेदी नारा लगाउँदै नगर परिक्रमा गरेका थिए ।
सो र्यालीमा संगीत देवी साह, अच्छेलाल साह, बजरंगी साह, सन्तोष कुमार गुप्ता, उमाशंकर प्रसाद कलवार, राजेन्द्र पाल, शिवशंकर प्रसाद, हरेराम प्रसाद रौनियार लगायत बारा र पर्साका राष्ट्रवादी नागरिकहरुको उल्लेख्य सहभागिता थियो ।

पूर्वराजा शाहले भाइटिकाको दिन नेपालको संविधान पूर्ण नभएको, जनतामा निरासा छाएको, असल नेतृत्व नहुँदा विभिन्न खाले सङ्कट उत्पन्न भएकोले यसको अन्तयको लागि जनताको आवश्यकता अनुरुप आफुले नेतृत्व लिन तैयार रहेको बताएपछि देशभरका राष्ट्रवादी नागरिकहरु उत्साहित भई देशको विभिन्न भागमा स्वागत गर्नेहरू बढ्दै गएका छन् ।