३७ मतले जितेको प्रदिप पौडेललाई किन हराईयो ? - Himal Post Himal Post
  • १६ माघ २०८२, बिहीबार
  •      Thu Jan 29 2026
Logo

३७ मतले जितेको प्रदिप पौडेललाई किन हराईयो ?



काठमाडौं ।

नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ अन्तर्गत १ नम्बर प्रदेशको मतगणनामा आफू ३७ मतले विजयी भए पनि फर्जी मत गनेर ५ मतले पराजित भएको घोषणा गरिएको दाबी गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्ना धारणा राख्दै यस्तो बताएका हुन् ।

“म अनवरत लोकतन्त्रका लागि संघर्ष गरेको व्यक्ति हुँ,” पौडेलले भनेका छन्, “पहिलो भोट ल्याउने प्रतिनिधि बन्ने लोकतान्त्रिक पद्दतिको लागि संघर्ष गरेको पार्टीको कार्यकर्ताको नाताले स्वभाविक परिणामलाई सहर्ष स्वीकार गरिन्छ तर अन्यायपुर्ण, धाँधली र फर्जी मतलाई स्वीकार गर्न सकिन्नँ । जनतम विपरितको परिणामलाई जबर्जस्ती स्वीकार गर भन्नु अलोकतान्त्रिक मान्यता हो । तनहुँ क्षेत्र नम्बर २ अन्तर्गत १ नम्बर प्रदेशको मतगणनाको अन्तिम ५ मतपेटिकाहरुमा भएका मतपत्रको जम्मा संख्या २३२८ भएको मतदान केन्द्रको मुचुल्का र मतगणनाको सुरुवातको मुचुल्कामा प्रष्ट छ तर मतगणना हुँदै गर्दा ति ५ बाकसहरुको मतसंख्या २३७० देखियो । ४२ फर्जी मत थप गरी ३७ मतले जितेको उमेदवारलाई ५ मतले पराजित भनेर घोषणा गर्नु लोकतान्त्रिक मुल्य मान्यतामाथिको चरम आक्रमण हो । प्रष्ट ४२ फर्जी मत देखिँदा पनि त्यसलाई बेवास्ता गरी जबर्जस्ती निर्वाचन परिणाम भनी घोषणा गर्नु अत्यन्त निरकृष्ट र अन्यायपुर्ण छ । अन्याय सहनुहुन्न भन्ने मान्यतालाई आत्मसाथ गर्दै पार्टीका नेता–कार्यकर्ता शुभेच्छुक सबैसँग परामर्श गरी अगाडि बढ्ने जानकारी गराउँछु,” उनले फेसबुकमार्फत भनेका छन् ।