गच्छदार र भगवतीको मत बराबर नजिक
सुनसरी–
सुनसरी प्रतिनिधिसा क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा रोचक बन्दै गएको छ । गच्छदारले मतान्तर घटाउदै लगेपछि प्रतिस्पर्धा रोचक बनेको हो ।
पछिल्लो अपडेटअनुसार मतान्तर ८ सय ६४ मा झरेको छ ।
यसअघि गच्छेदार ९ सय ७७ मतले पछाडि थिए ।
पछिल्लो परिणामअनुसार एमालेकी भगवती चौधरीको २३ हजार १ सय ३ मत छ भने गच्छदारको २२ हजार २ सय ४९ मत छ ।