नारायणकाजी श्रेष्ठद्वारा हार स्वीकार, बाबुरामलाई दिए जितका लागि बधाई
काठमाडौं /२३ मंसिर।
नेकपा माओवादी केन्द्रका नेता एवं गोरखा २ का उम्मेदवार नारायणकाजी श्रेष्ठले हार स्वीकार गरेका छन् । साथै, उनले चुनावी प्रतिस्पर्धी डा. बाबुराम भट्टराईलाई जितका लागि बधाई दिएका छन् ।
उनले भनेका छन्, ‘गोरखा २ का आदरणाीय मतदाताको निर्णयलाई शिरोधार्य गर्दै विजयका निम्ति डा. बाबुराम भट्टराईलाई बधाई ।’
उनले आफ्नो निर्वाचन क्षेत्रको परिणाम जे जस्तो भएपछि देश जनता, सत्य र न्याय प्राप्तिका निष्ठामा अविचलित रहने बाचा गरेका छन् ।
गोर्खा २ का आदरणीय मतदाता को निर्णय लाई शिरोधार्य गर्दै बिजयका निम्ति डा•बाबुराम भट्टराई लाई हार्दिक बधाई ।निर्बाचनमा मलाई समर्थन र सहयोग गर्नुहुने मतदाता,बाम-गठबन्धनका नेता-कार्यकर्ताहरु,आफन्तजन,शुभेच्छुकहरु सबै लाई आभार तथा धन्यवाद।
— NKShresthaPrakash (@nksthaprakash) December 9, 2017
मेरो क्षेत्रको निर्वाचन परिणाम जे जस्तो भएपनि देश, जनता, सत्य र न्याय प्रतिको निष्ठामा अबिचलित रहि मानव मुक्ति र स्वतन्त्रताको यात्रामा निरन्तर सकृय रहनेछु।सम्पुर्ण नेपाली जनता र गोर्खाका जनताको सेवामा समर्पित रहनेछु।
— NKShresthaPrakash (@nksthaprakash) December 9, 2017