गोरखा २ मा बाबुराम भट्टराईले बढाए १५ सय मतको अन्तर - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

गोरखा २ मा बाबुराम भट्टराईले बढाए १५ सय मतको अन्तर



मंसिर २२,काठमाडौं : सबैको ध्यान खिचिरहेको गोरखा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा निर्वाचनमा बाबुराम भट्टराईले निकटतम प्रतिद्वन्द्वी नारायणकाजी श्रेष्ठलेभन्दा १ हजार ५ सय ७६ मतको अग्रता लिएका छन्।

चुनावको इपिसेन्टरमा रहेको गोरखा दुईमा प्रतिस्पर्धा गरिरहेका दुवै एकसाथ माओवादीमा संलग्न थिए। कुनै समय  माओवादीको शीर्ष तहमा रहेकाले यहाँको चुनावलाई धेरैले निहालिरहेका छन्।

पछिल्लो मत परिणाम अनुसार बाबुराम भट्टराई ८ हजार ७ सय ९५ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका नारायणकाजी श्रेष्ठले ७ हजार २ सय १९ मत ल्याएका छन्।