शान्तिपूर्ण रूपमा मतदान हुँदै, बिहान १० बजेसम्म २० प्रतिशत मतदान
काठमाडौँ ।
प्रदेश र प्रतिनिधि सभाको आज दोस्रो चरणको निर्वाचन उत्साहका साथ शान्तिपूर्ण रूपमा हुँदैछ ।
निर्वाचनमा १० बजेसम्म २० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा दोस्रो चरणको निर्वाचनमा उत्साहजनक सहभागिता रहेको पनि आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नवराज ढकालले सातवटै प्रदेशमा १० बजेसम्म २० प्रतिशत मत खसेको बताए । अहिलेसम्म मतदान शान्तिपूर्ण ढङ्गले सञ्चालन भइरहेको ढकालले बताए ।
७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदान भइरहेको छ ।