देशमा कुनै पनि किसिमको अधिनायकवाद जन्मिन्न : शेखर कोइराला
२१ मंसिर, मोरङ ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशमा कुनै पनि किसिमको अधिनायकवाद जन्मिन नसक्ने बताए ।
विराटनगरको आदर्श मावि केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले वाम गठबन्धनतर्फ संकेत गर्दै देशमा कुनै पनि किसिमको अधिनायकवाद जन्मिन नसक्ने बताए ।
कोइरालाले भने, ‘लोकतन्त्रलाई विश्वास गरेर २००७ सालदेखि लागि लडेका हुन् नेपाली जनता त्यसकारण अधिनायकवाद सम्भवै छैन नेपालमा ।’
संविधान जारी भएपछि पहिलो पटक भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनले लोकतन्त्रलाई सुदृढ गर्ने कोइरालाले विश्वास व्यक्त गरे ।