मतपरिणाम तीनदिनमै - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मतपरिणाम तीनदिनमै



विदुर – दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन बिहीबार सकिनासाथ नुवाकोट र रसुवामा मतगणना सुरु गर्ने तयारी पूरा भएको छ।

दुवै जिल्लामा पहिलो चरणमा मंसिर १० गते निर्वाचन भइसकेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

मतगणनाका लागि सम्पूर्ण तयारी पुरा भइसकेको र तीन दिनभित्र अन्तिम मत परिणाम सार्वजनिक गरिने दुवै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नुवाकोटमा तीन दिनभित्र अन्तिम मत परिणाम सार्वजनिक गर्ने लक्ष्य अनुसार तयारी तीव्र पारिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।