कैलालीको लम्कीचुहा नगरपालिका-२ मा भेटिएको प्रेसरकुकर बम नेपाली सेनाद्बारा निष्क्रिय - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

कैलालीको लम्कीचुहा नगरपालिका-२ मा भेटिएको प्रेसरकुकर बम नेपाली सेनाद्बारा निष्क्रिय



मंसिर २०,कैलाली ।। कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ मोतिपुरस्थित राष्ट्रिय नमुना मावि मतदानस्थलनजिकै भेटिएको प्रेसरकुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ।

निर्वाचनको अघिल्लो दिनको एकाबिहानै मतदानस्थलनजिकै शंकास्पद वस्तु देखेपछि एकजना महिलाले प्रहरीलाई खबर गरेकी थिइन्। शंकास्पद वस्तु रहेको थाह पाएपछि आसपासका स्थानीयलाई इलाका प्रहरी कार्यालय लम्की र निर्वाचन सुरक्षामा खटिएका सशस्त्र प्रहरीले सतर्क रहन आग्रह गर्दै सुरक्षा दिएको थियो। शंकास्पद वस्तुलाई निष्क्रिय पार्नका लागि नेपाली सेनाको बम डिस्पोजल टोलीले प्रेसर कुकर भएको अनुमान गर्दै निष्क्रिय पारेको छ।

फाइल तस्बिर :-