काँग्रेस कपिलबस्तुका उम्मेदवार थारुको ज्यान लिने प्रयास , बम प्रहारबाट सवारी पुर्णरुपमा क्षति - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

काँग्रेस कपिलबस्तुका उम्मेदवार थारुको ज्यान लिने प्रयास , बम प्रहारबाट सवारी पुर्णरुपमा क्षति



मंसिर २०,कपिलवस्तु। कपिलवस्तु क्षेत्र नं १ (क) का नेपाली काँग्रेस प्रदेश सभा सदस्य पदका उमेदवार पुरन थारूको ज्यान लिने प्रयास भएको छ।

थारुलाई लक्षित गरि उनको सवारीमा वम बिस्फोट गराइएको छ। चुनावमा थारुको लोकप्रियता बढेसँगै उनलाई रोक्ने सुनियोजित षडयन्त्र अन्तर्गत उनीमाथि बम प्रहार गरेको काँग्रेसले जनाएको छ।

थारुको गाडीमा शक्तिशाली बम बिस्फोट गराइएको छ । बिस्फोटबाट उनले प्रचार प्रसारमा प्रयोग गर्ने गाडी पुर्ण रूपले ध्वस्त भएको छ।

बिष्फोटमा मानवीय क्षेति भने नभएको खबर छ ।

बम आक्रमण गरि भय रहित वातावरणमा चुनाव गर्न अवरोध पुर्‍याउने कायरतापुर्ण कार्यको चौतर्फि बिरोध र भत्सर्ना भएको छ।

थारू समुदायका अत्यन्त भद्र, सालिन र निस्कलंक व्यक्तिको रूपमा परिचित पुरन थारू माथी लक्षित गरि गरिएको यो घटनाबाट स्थानीय थारू समुदाय आक्रोशित भयका छन् ।

घटना लगत्तै प्रहरीले बम आक्रमण गर्नेको खोजी शुरु गरेको छ।

खासगरि नेपाली कााग्रेसका उमेद्वारमाथि भएका श्रृखलावद्ध बम आक्रमणको अनुसन्धान गर्न काँग्रेसले प्रसासनसँग माग गरेको छ।