मतदाता शिक्षा अभाव : काठमाडौंकै मतदाता अन्योलमा - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मतदाता शिक्षा अभाव : काठमाडौंकै मतदाता अन्योलमा



काठमाडौं-

सरकारले मतदाता शिक्षाका लागि करोडौं खर्चिए पनि प्रभावकारी हुन सकेको छैन । निर्वाचन आयोगले खटाएका स्वयंसेवकले भन्दा राजनीतिक दलका कार्यकर्ताले दिएको मतदाता शिक्षा प्रभावकारी भएको मतदाताले टिप्पणी गरेका छन् ।

साँखुका इन्द्रप्रसाद राजभण्डारीले स्वयंसेवकले मतदाता शिक्षा दिन नआएको बताउँदै राजनीतिक दलले कसरी मतपत्रमा स्वतिक छाप लगाउने भनी सिकाएको जानकारी दिए ।

काठमाडौंकी मीना श्रेष्ठले पनि स्वयंसेवकले भन्दा राजनीतिक दलका कार्यकर्ताले घरघरमा गएर परिवारका सदस्यलाई मतदान गर्न सिकाएको बताइन् । आजको अन्नपूर्ण पोस्टमा यो खबर छ ।

निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मतदान केन्द्र नै पिच्छे एक-एक जना मतदाता शिक्षासम्बन्धी स्वयंसेवक खटाएको छ । उनीहरूलाई दिएको जिम्मेवारी अर्थात् घरघरमा गएर सही तरिकाले मतदान गर्न सिकाउनुपर्ने सर्त तोकिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

निर्वाचन अवधिका लागि एक महिनाका लागि प्रतिस्वयंसेवक १५ हजार खर्चेर उक्त शिक्षा दिन लागेको हो । देशभरि १९ हजार आठ सय ५७ मतदानकेन्द्र छन्।

कुल स्वयंसेवकलाई गरी राज्यले निर्वाचन सामग्रीबाहेक उनीहरूलाई दिने भत्ता मात्र २९ करोड ७८ लाख ५५ हजार खर्चिएको छ। खर्चअनुरूप उपलब्धि भने हासिल हुन सकेको छैन ।