बुटवलमा उर्लियो कांग्रेसको जनसागर ,नेताहरु भन्छन :कांग्रेसले हार्दा बुटवलले राजधानी गुमाउछ ! - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

बुटवलमा उर्लियो कांग्रेसको जनसागर ,नेताहरु भन्छन :कांग्रेसले हार्दा बुटवलले राजधानी गुमाउछ !



बुटवल, १८ मङ्सिर ।

नेपाली काँग्रेसका नेताहरूले नेपाली जनताले कम्युनिस्ट शासन अस्वीकार गरिसकेको दाबी गरेका छन् । चुनाव प्रचारको अन्तिम दिन आज बुटवलमा आयोजित बृहत् चुनावी सभामा बोल्दै नेताहरूले तानाशाहि कम्युनिस्ट गठबन्धन केही दिनमै फ्लप हुने दाबी गरे ।चुनावी आम सभालाई सम्बोधन गर्दै काँग्रेसका नेताहरूले बाम गठबन्धनको स्पष्ट नीति नभएका कारण देशको समृद्धि सम्भव नभएको दाबी गरे ।मुलुकको आर्थिक समृद्धिकालागि नेपाली काँग्रेसको जित अपरिहार्य रहेको काँग्रेस नेताहरूले बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले मुलुकको आर्थिक समृद्धि र राष्ट्रिय एकताको लागि नेपाली काँग्रेसको जित अनिवार्य भएको बताए ।

उनले नेपाली काँग्रेसले ४८ सालमा लिएको आर्थिक नीतिकै कारण मुलुक अहिलेसम्म चलिरहेको बताए।‘आफूहरूले मूल्य अभिबृद्धि कर, आयकरलाई सुधार लगायत कार्यक्रम ल्याउदा विरोध गर्ने कम्युनिस्ट पार्टीहरूले आफूहरूले सरकारचलाउँदै त्यसैलाई निरन्तरता दिएका छन्‘उनहरुको एजेण्ण नै छैनन्’ महतले भने ।

नेपालका कम्युनिष्टहरुले बाहिर बहुदलीय लोकतन्त्रको नारा भजाएपनि भित्री रूपमा एकदलीय साम्यवाद नै भएको जिकिर गर्दै मुलुकको समृद्धि र लोकतन्त्रको रक्षाकालागि नेपाली काँग्रेसको विकल्प नभएको बताए।एमालेले सरकार चलाउँदा मुलुकको अर्थतन्त्र बलियो बनाउने भन्दा पनि ढुकुटी सकाउने काम गरेको आरोप लगाए ।

‘लुटको धन फूपूको श्राद्ध’ उनले भने–‘अर्थतन्त्र सुधार गर्ने काम कता हो कता, जथाभाली मुलुकको ढुकुटी सकाउने मात्रै काम गरे ।’ त्यस्तै गरी पार्टीको निर्वाचन परिचालन समितिका केन्द्रीय संयोजक बालकृष्ण खाँणले नेपाली काँग्रेसलाई सिध्याउन खोज्दा नेपालका राणा र राजा आफै सिद्धिएको बताउँदै नेपाली काँग्रेसलाई सिध्याउन खोज्ने शक्ति आफै समाप्त भएर जाने दाबी गरे ।एमाले र माओवादी मिलेर मुलुकमा कम्युनिस्ट शासन चलाउन खोजेको जिकिर गर्दै पूर्व मन्त्री समेत रहनुभएका नेता खाँणले कम्युनिस्ट शासनलाई जनताले स्वीकार गर्न नसक्ने बताए।

काग्रेसले हार्दा बुटवलले राजधानी गुमाउछ त्यसैले जिताऔं  । उनले नेपाली काँग्रेसले जित्दा पाँच नम्बर प्रदेशको राजधानी रुपन्देहीमै बन्ने बताउँदै काग्रेसले हार्दा बुटवलले राजधानी गुमाउने दाबी गरे।उनलेनेपाली काँग्रेसले जिते रुपन्देहीलाई पाँच नम्बर प्रदेशको मात्रै नभएर मुलुककै आर्थिक केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेता खाँणले पाँच नम्बर प्रदेशमा आर्थिक केन्द्र सहितको राजधानी बनाउने धेरै सम्भावना रहेकाले प्रदेश राजधानी र मुलुककै आर्थिक केन्द्रका रूपमा विकास गर्नका लागि नेपाली काँग्रेसलाई जिताउन नचुक्न मतदातालाई आह्वान गरे।त्यस्तैगरी उद्योगी तथा नेपाली काँग्रेसका समानुपातिकका उम्मेदवार विनोद चौधरीले अबको राजनीति आर्थिक क्रान्तिको राजनीति भएकाले आर्थिक क्रान्तिको राजनीतिको नेतृत्व नेपाली काँग्रेससंग मात्रै सम्भव भएको बताए ।

नेपाली काँग्रेसले २०४८ सालमा लिएको खुला अर्थनीतिका कारण मुलुक अहिलेसम्म चलेको बताउँदै उहाँले मुलुकको दीर्घकालीन अर्थतन्त्र सुधारकालागि नेपाली काँग्रेसको जित आवश्यक रहेको दाबी गरे ।राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य तथा प्रवक्ता प्रदिप उदयले मुलुकको समृद्धि र विकासका लागि नेपाली काँग्रेसले नै जित्नुपर्ने बताए।

मुलुकमा सङ्कट पर्दा नेपाली काँग्रेस र आफ्नो पार्टी एक हुने र जित समेत हासिल गर्ने गरेको स्मरण गर्दै उहाँले अहिले पनि नेपाली काँग्रेसको जितको आधार बलियो भएको बताएउनले आफ्ना नेता कार्यकर्तालाई प्रत्यक्ष तर्फ निसंकोच नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गर्न आग्रह गर्दै समानुपातिकमा गोलाकार भित्रको हलोमा मतदान गर्न आह्वान गरे ।

क्षेत्र नं. २ का क्षेत्रीय सभापति हरि लम्सालको सभापतित्वमा भएको कार्यक्रममा क्षेत्र नं. २ रुपन्देहीबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार युवराज गिरी, प्रदेश सभा २(१)का काजिमान श्रेष्ठ, २(२) का महेशमान सिंह, समानुपातिक उम्मेदवार मनोरमा सेरचन, सचिव परमानन्द भट्टराई लगायतले अहिलेको निर्वाचन लोकतन्त्र जोगाउने या साम्यवादी व्यवस्था ल्याउने भन्ने निर्वाचन भएकाले लोकतन्त्रको रक्षाकालागि नेपाली काँग्रेसलाई जिताउन आह्वान गरेका थिए ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य गुणानिधी भुसाल सहित एमाले, माओवादी केन्द्र लगायतका पार्टी परित्याग गरी सयौँ युवा नेपाली काँग्रेसमा प्रवेश सोही कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य गुणानिधी भुसाल सहित एमाले, माओवादी केन्द्र लगायतका पार्टी परित्याग गरी सयौँ युवा नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

उनीहरूलाई नेपाली काँग्रेसका नेताहरूले पार्टी सदस्यता प्रदान गरी पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेश गर्दै नव प्रवेशी भुसालले एमाले र माओवादीको गठबन्धन बाम नभएर खाम गठबन्धन भएको आरोप लगाउँदै बाम गठबन्धनले मुलुकमा कहिल्यै पनि निकास दिन नसक्ने जिकिर गरे । उनले विपक्षी उम्मेदवार विष्णु पौडेल कमिसनको खेल र झुटको राजनीतिमा पोख्त भएको जिकिर गर्दै नेपाली काँग्रेसका उम्मेदवारलाई मतदान गर्न आह्वान गरे ।काग्रेसले आज रुपन्देहीको बुटवल,भैरहवा, र मर्चबारको मझगावामा विशाल चुनावी सभा गरेको हो ।