भाडामा बस्नेहरुलाई खुसीको खबर : यस्तो छ घरबहाल सम्बन्धी नयाँ कानुन - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

भाडामा बस्नेहरुलाई खुसीको खबर : यस्तो छ घरबहाल सम्बन्धी नयाँ कानुन



काठमाडौं-

के घरबेटीले तपाईलाई तत्काल घर खाली गर्न निर्देशन दिएका छन् ? तर नआत्तिनुस्। कानुनतः अब आफ्नै घर खाली गराउन घरबेटीलाई सजिलो छैन।

आगामी भदौबाट कार्यान्वयनमा आउने मुलुकी ऐनमा घरबहालसम्बन्धी नयाँ कानुनको व्यवस्था गरिएको छ।
जसअनुसार अब घरबेटीले आफ्नै घर खाली गर्न मौखिक सूचना दिएरमात्र पुग्दैन। घरबेटीले लिखित सूचना दिएको ३५ दिनसम्म सोही घरमै बसेर अर्को व्यवस्था गर्न सकिन्छ।

आफैंलाई घर आवश्यक भएमा बहालमा बसेकाहरुलाई घरधनीले हटाउन सक्छन् तर तीन महिनासम्म अरुलाई भाडामा दिन नपाइने र दिनै परे पहिले बहालमा रहेको व्यक्ति बहालमा लिनेमध्ये पहिलो प्राथमिकतामा पर्नुपर्ने व्यवस्था देवानी कानुनको दफा ४२२ को उपदफा ४ मा उल्लेख छ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।