पत्रकार जैसी लाई आक्रमण गरेको दुई साता बितिसक्दा समेत दोषि खोजी कार्य भएन - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

पत्रकार जैसी लाई आक्रमण गरेको दुई साता बितिसक्दा समेत दोषि खोजी कार्य भएन



मंसिर १६, सुखड , कैलाली ।।
कैलाली जिल्लाको बर्दगोरिया गाउँ पालिका वडा नं २ रामपुर घर भएका पत्रकार लक्ष्मी जैसीलाई मंसिर २ गते मध्य राती आफ्नै घरमा सुतिरहेको बेलामा हतियारधारी अज्ञात समूहले आक्रमण गरी घाइते बनाएको थियो । टाउको र निधारमा गम्भिर चोट लागेको जैसीको नेपालजञ्ज मेडिकल कलेजमा उपचारपछि घर फर्किएका छन् ।

घटना भएको दुई साता बितिसक्दा समेत पनि दोषी लाई कानुनी दाएरामा ल्याउनको लागि कतै बाट पहल भएन ।
एक साता अगाडि नेपाल पत्रकार महासंघको कैलाली साखाका अध्यक्ष जगत सावदले प्रमुख जिल्ला अधिकारि गोबिन्द रिजाललाई ध्यानाकर्षण पत्र बुझाएर घटनाको को जानकारी दिएको हो । ध्यानाकर्षण पत्र बुझाएको एक साता बितिसकेको छ घटना भएको दुई साता बितिसक्दा उनिहरुको परिवार ढुक्क भएर घरमा बस्न सक्ने बाताबरण बनेको छैन ।

नेताहरुलाइ चुनाव लागेको छ चुनाव प्रचार प्रसार मा ब्यस्त रहेका छ्न । निर्वाचनको नजिकिदै गयो प्रहरी प्रशासन दोषी लाई खोज्नुको सट्टा निर्वाचन को सुरक्षा मा बढी केन्द्रित भयको पाइएको छ ।
बिहिवार मात्रै नेपाल पत्रकार महासघ को केन्द्रिय टोलिले पत्रकार जैशिको घटनाका बारेमा बौनिया प्रहरी चौकी जानकारी लिइ दोषी यथासिघ्र खोजी गरि पीडित परिवार लाई न्याय दिन आग्रह गरेको महासंघका केन्द्रिय सद्स्य मीन बमले बताउनु भयो ।