त्रिशुलीमा खसेको बस ४ दिनपछि फेला , केही यात्रुहरुको अवस्था भने अज्ञात - Himal Post Himal Post
  • १५ माघ २०८२, बुधबार
  •      Wed Jan 28 2026
Logo

त्रिशुलीमा खसेको बस ४ दिनपछि फेला , केही यात्रुहरुको अवस्था भने अज्ञात



काठमाडौं/मंसिर ,१५ 

त्रिशुली नदीमा खसेर बेपत्ता भएको बस भेटिएको छ। चितवनको चुम्लिङटारमा ७ जनाको ज्यान जानेगरी गत बुधबार भएको दुर्घटनामा हराइरहेको बस चार दिनपछि भेटिएको हो। तर, बससँगै केही यात्रु हराइरहेको बताइए पनि यात्रुको अवस्था भने अज्ञात रहेको उद्धार कार्यमा खटिएका सशस्त्र प्रहरी हवल्दार नरेन्द्रसिंह भण्डारीले जानकारी दिए। उनका अनुसार बसमा कुनै यात्रु भेटिएको थिएन।

शसस्त्र प्रहरी बल विपत व्यवस्थापन तालिक केन्द्र कुरिनटारबाट खटिएको टोलीले पानी सतहबाट २५ फिट तल रहेको बस फेला पारेको हो। सशस्त्र प्रहरी हवलदार भण्डारीको टोलीले बसलाई र्‍याकरद्वारा बाहिर निकाल्ने काम गरेको छ।

गत बुधबार काठमाडौंबाट अर्घाखाँचीका लागि हिँडेको लु२ख २९१ नम्बरको यात्रु बस चुम्लिङटारमा दुर्घटना हुदाँ ७ जनाको मृत्यु भएको थियो।