शुक्रबार सार्वजनिक बिदा , अब शैक्षिक संस्था चुनाव पछि मात्र खुल्ने - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

शुक्रबार सार्वजनिक बिदा , अब शैक्षिक संस्था चुनाव पछि मात्र खुल्ने



२०७४ मंसिर १४, काठमाडौं ।।
सरकारले इस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्मदिनको अवसरमा शुक्रबार विदा दिएको छ। उनी इस्लाम धर्मका प्रवर्तक र अल्लाहका अन्तिम शन्देशवाहक मानिन्छन्। हजरत मुहम्मदको जन्मदिन नेपालका मुस्लिम समुदायले पनि श्रद्धापूर्वक मनाउने गर्छन्। शुक्रबार सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली नियोगहरुमा समेत सार्वजनिक विदा दिने निर्णय भइसकेको मन्त्रालयले सूचनामार्फत जनाएको छ। शुक्रबार सार्वजनिक विदा दिएपछि अब सरकारी कार्यालयहरु सोमबार मात्र खुल्ने भएका छन्। आउँदो आइतबार उधौली पर्वमा पनि सार्वजनिक विदा परेकाले सरकारी कार्यालय सोमबारमात्र खुल्ने भएका हुन्। मंसिर २१ गते प्रदेश तथा प्रतिनिधिसभा चुनाव हुने ४५ जिल्लाका शैक्षिक संस्थाहरु भने अब मंसिर २२ गतेमात्र खुल्ने भएका छन्। सरकारले चुनाव हुने जिल्लाका शैक्षिक संस्थाहरुमा मंसिर १८ देखि २१ गतेसम्म चार दिन सार्वजनिक विदा दिने निर्णय गरिसकेकाले काठमाडौं लगायत दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा चुनावपछि मात्र शैक्षिक संस्था खुल्नेछन्। त्यस्तै गृह मन्त्रालयले ईसाइ धर्मावलम्बीहरुको पर्व क्रिसमस डे को दिन पुस १० गते पनि विदा दिने जानकारी दिएको छ।